देशको माटो (कविता)

 

रश्मी रिमाल

कर्मका पाइलाहरुले ।
आशाको बिउ रोपेर
हे देश तिमीसँग बाच्न चाहन्छु ।
तिमीसँग मर्न चाहान्छु ।

जीबनका दोबाटोहरुमा
पाइला चाल्दै
हे देश तिमीसँग हिड्न मन छ ।
खोलाको नियति ।
नदि र सागरमा डुबुल्की मार्दै ।
तिम्रो पछिपछि दौडिरहने मन छ ।

खबरदार देशलाई नजिस्काउँ ।
एक दिन तिम्रो धरातल
नरहन सक्छ ।
जीवनका क्षणहरु बधा पु¥याउँदै
मेरो गतिसँग हुन्छ, मेरो देशको माटो
केवल सोच्दा सोच्दै ।
घडी र पलाहरुको गति देखेर
भ्mस्याङ्ग हुन्छ । मेरो देश,
म सोच्न थाल्छु ।
मेरो अघिल्तिर ।
समय परिवर्तन भएर
काहिल्य काहिँ म नै तरङ्गित हुँदै ।
त्यसै त्यसै मोहित हुन्छ ।
मन भरि मेरो देशको ।

सुगन्ध लिएर
तिमीसँग प्रार्थना गर्छु
देशको माटो हातमा राखेर
म तिमीसँग बाचा गर्छु ।
जन्म भुमीलाई
मैले केही दिनुपर्छ ।
विन्ति गर्दै भगवान ।
मेरो देशको माटो सदा मेरै रहिरहोस् ।

रश्मी रिमाल