मन्त्रिपरिषद्को बैठक चुस्त बनाउन सबै मन्त्रीका हातमा म्याकबुक हुने

 

काठमाडौं, १९ असार—आधुनिक प्रविधि संगै सरकारी कामकाज अगी बढाउन र समय अनुकुल ढल्न प्रधानमन्त्री कार्यालयको मन्त्रिपरिषद्ले यस्तो निती ल्याएकोछ । बैठकलाई स्मार्ट बनाउने तयारीमा यतिबेला प्रधानमन्त्री कार्यालय लागेकोछ ।

बैठकलाई चुस्त र छिटो र प्रभावकारी बनाउन प्रविधिको प्रयोग गर्न लागिएको हो । यसका लागि अटोमेसिन सिस्टम जडान गर्न लागेकोछ । साउनदेखि मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने तयारीमा लागेको मन्त्रिपरिषद् कार्यालयको सुचना प्रविधि शाखाले जनाएकोछ । सबै मन्त्रीका हातमा म्याक बुक हुने छन् ।