नेपाल–भारत इपिजीको अन्तिम बैठक आज

काठमाडौ,१५ असार— नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक शुक्रबार बस्दै छ । इपिजीको म्याद २० असारमा सकिन लाग्दा यो बैठकलाई अन्तिम भनिएको छ । तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ ।  साझा प्रतिबेदन तयार गर्ने बिषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताइएको छ ।