सरकारको गाडी मोह, १४ वर्षमा सकियो ५४ अर्ब

 

काठमाडौ,१३ असार—गाडीका नाममा सरकारको १४ वर्षमा सकियो ५४ अर्ब खर्च भएको छ ।
गाडी खरिद, इन्धन र मर्मतका नाममा १४ वर्षमा ५४ अर्ब रुपैयाँ खर्च भएको छ । २३ अर्ब १४ करोड खरिदमा खर्च भएको छ भने इन्धन खर्च १७ अर्ब ६६ करोड भएको छ । मर्मतमा पनि उत्तिकै खर्च छ । १४ वर्षको हिसाब केलाउने हो भने मर्मत शीर्षकमा मात्रै १२ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ ।

मनपरी गाडी खरिद गर्ने सरकारले अहिलेसम्म कतिवटा गाडी किन्यो, ती कहाँ कहाँ प्रयोग भइरहेका छन् भन्ने यकिन तथ्यांक छैन । आजको नयाँ प्रत्रिकामा समाचार छ ।