एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि,पाँच लाख विद्यार्थीको मनोविज्ञानमा गम्भीर खेलबाड !

असार ११,काठमाडौं – माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ ।

पनिकाले तोकेको वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिवार प्राप्त गरेको जिपिए आईतबार बढेको हो ।

जिपिए बढेप िविद्यार्थी, अभिभावक शिक्षक अन्योलमा परेका छन् ।

कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्वस हुनुपर्नेमा पनिकाको सिस्टमले एम ग्रेड मात्रै देखायो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।