नाई नभन्नु ल ५ को पहिलो लुक्स सार्वजनिक

काठमाडौ —चलचित्र नाई नभन्नु ल ५ को पहिलो लुक्स सार्वजनिक भएको छ । चलचित्रका मुख्य दुई जोडीलाई प्राथमिकता दिँदै पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा स्वस्तिमा खड्काले डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग छ ।
चलचित्रमा दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ ।