अदुवाले उकास्यो जीवन

काठमाडौं, १० असार—अदुवाबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण यतिबेला धनकुटा वासी बनेका छन् । एउटै गाउमा एकै दिन ९ लाख रुपैयाको अदुवा बिक्रि भएको छ ।
धनकुटा नगरपालिका २ अन्र्तगत भीरगाउका कृषकले उत्पादन गरेको अदुवा यस वर्ष पहिलो पटक उच्च मुल्यांकन बिक्रि गर्न पाएका हुन् । स्थानीय सानबहादुर दाहालका अनुसार ३ लाख ३० हजार रुपैया मुल्यको अदुवा बिक्रि भएको बताएका छन् ।