एसईई नतिजा आज ४ बजेसम्म आउने

 

काठमाडौ, ९ असार— राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज ४ बजेसम्म प्रकाशित हुने भएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए ।
नतिजा सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर हेर्न प्राप्त गर्न सकिने छ ।