चिनियाँ रेल चाँडै काठमाडौंसम्म पुग्छ — सी जिनपिङ

काठमाडौ, ६ असार— चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल काठमाडौंसम्म आइपुग्ने बताएका छन् ।
६ दिने चीन भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गएको नेपाली प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा व्यक्त गरे । भ्रमण टोलीमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अन्य देशको सम्बन्ध सधैँ राम्रो होस् भन्ने चीनको चाहना रहेको बताए ।