बसन्त चौधरी भन्छन्, ‘उमेर छिप्पदै छ, कमजोर महशुस गर्दै छु’

प्रकृति दाहाल

काठमाडौं—साहित्यकार डा. साबित्रीले उद्योगपति तथा साहित्यकार बसन्त चौधरीको फेसबुक हेर्थिन फोटा देख्थिन, लाइक गर्थिन, कमेन्ट गर्थिन । तर मंगलबार भने राजधानिमा एक कार्यक्रमका बिच चौधरीको कबिता संग्रह ‘बसन्त‘को प्रतिक्रिया दिइरहेकी थिइन । कविता संग्रहमा दर्शनको प्रवाह भएको बताइन । त्यस्तै उनको कविता संग्रहमा राष्ट्रप्रेमको भाव भल्किएको महसुस गरिन । कवितामा प्रकृतिको मानवीयकरण गरिएको उनलाई एकदमै रोचक लागेको बताइन ।
त्यस्तै साहित्यकार कुमारी लामाले वसन्त संग्रहमाथि बोल्दै प्रेमलाई आधार बनाएर जिवन दर्शनको निर्माण गरिएको बताइन । उनले भनिन ‘प्रेमप्रतिको आवेगभन्दा माथि उठेर कविता कोरिएको छ ।’ ‘कवितामा अत्यत्तै सरल कोमल अनुभुति भेट्न सकिन्छ ।’ कविता पढ्न पाठकलाई सरल रहेको साहित्यकार लक्ष्मण गौतमले खुलाए । एउटा ऋतु ६० दिनको हुन्छ यस बसन्त संग्रहमा पनि ६० बटा कबिता छन र यो संग्रह चौधरीको ६० औ जन्मदिनमा लोकार्पण गरेको एक संयोग रहेको गौतमले जानकारी दिए ।
व्यापारी ढुङ्गा चट्टान जस्तो हुनुपर्ने तर त्यहि व्यतिले नौनी घिउ जस्तो बनेर साहित्य लेख्नुपर्ने चौधरिले बताए । साहित्यको क्षेत्रमा आफु अझै पनि बिद्यार्थी नै रहेको उनले खुलाए । उनले भने ‘साहित्यको क्षेत्रमा आफु अझै पनि सिक्दै छु । यस क्षेत्रमा म आफुलाई बिद्यार्थी ठान्छु । ’ ६० दशक कटेपछि भने साहित्यमा केहि उर्जा घटेको महसुस गरेका छन । ‘सुक्न लागेको फुल जस्तो भएको छु । उर्जा अब त्यति छैन । ’ उनले भने
बसन्त संग्रहमाथि अन्तरक्रियात्मक गोष्ठिको संयोग मिलाएको थियो साग्रिला बुक्सले । केहि समय अघि बसन्त कबिता संग्रह ९ भाषामा प्रकाशित गरिएको थियो ।