अलपाका — संक्षिप्त परिचय तथा महत्व

अलपाका  नेपालको सन्दर्भमा एउटा नौलो बिषय वस्तु हो । यो भेडा जस्तो देखिने तर ऊँटको परिवारमा पर्ने घरपालुवा पशु हो । ऊँट जस्तै लामो घाँटी तर भेडा जस्तो साने जीउडाल, तजिलो आँखा, बाक्लो लत्रेको ऊनले ढाकिएको शरीर, तिखो मस्तिष्क भएको यो जनावर अत्यन्तै आकर्षक र लोभ लाग्दो हुन्छ । यो पेरुबाट उत्पति भई हजारौ बर्ष पहिला एन्डिज माउण्टेनका वासिन्दाहरुद्वारा पाल्न शुरु गरिएकोे हो । हाल पेरुमा प्रशस्त संख्या पाइए पनि संसारका अन्य थुप्रै मुलुक जस्तै युरोप, अमेरिका, अष्ट्रेलिया, बोलिभिया, चिली ईत्यादीमा आयात गरेर लगेको अवस्थामा पाईन्छ ।

देशको लागि मुख्य उद्दोगको रुपमा स्थापित गलैंचा तथा अन्य ऊनी बस्त्र बनाउने कारखानाको लागि बार्षिक रुपमा आवश्यक हजारौ मेट्रिक टन ऊन विदेशबाट आयात गरी घारायसी माग पुरा गर्न पर्ने तर नेपालको बिश्व व्यापार संगठन (ध्त्इ) को प्रवेश पछाडि नेपालबाट निर्यात हुने गलैंचा वा अन्य ऊनी वस्त्र तयार पार्दा कम्तिमा ८% स्वदेशी ऊनको प्रयोग गर्नै पर्ने बाध्यात्मक ब्यबस्था भएको सन्दर्भमा मुख्यतया ऊन उत्पादनको लागि पालिने यो वस्तु राम्रो संग पालन सकियो भने ऊन उत्पादनमा मनग्य बृद्धि बिकास ल्याई नेपालको बैदेशिक मुद्रा आर्जन गर्ने मुख्य श्रोत गलैंचा उद्दोग धारासायी हुनबाट जोगिन सक्छ । यसले परम्पागत रुपमा पालिदै आएको भेडा तथा बाख्राको कम उत्पादन क्षमता (०.८ देखि १.२ के. जी. प्रति भेडा) लाई दोब्बर बनाउनुका साथै गुणस्तरमा पनि सुधार ल्याउन उपयागी छ । भेडा तथा बाख्रा भन्दा यसको ऊन गुणस्तर तथा परिमाण दुवैको हिसावले निकै गुणा बढी भएको हुदाँ यसले परिमाणमा मात्रै नभई गुणस्तर बढाउनमा पनि सहयोग गर्दछ । यसको ऊन निकै मसिनो, हलुंगो र मुलायम हनुका साथै तातोपनको हिसावले पनि यो अन्य ऊन भन्दा २२ गुणा बढी न्यानो भएको तथ्य छ । यस वाहेक अलपाका अति नै महंगो मानिन्छ,, प्रति के. जी. १० देखि २४ यु. एस. डलर बिक्री हुने यो ऊन विभिन्न महंगो सामग्रीमा प्रयोग गरिनुका साथै

उत्पादकत्व वढाउने र प्रविधि विकास गर्ने उद्देश्य राखेर स्थापना भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले यसलाई खोज तथा अनुसन्धानको नौलो प्रस्तुति तथा ऊन उत्पादनको लागि भेडा तथा बाख्रा पालनको दरिलो विकल्पको रुपमा विकास गर्न सक्छ ।

३००० देखि ५००० मिटरको उच्चाईको पहाडी श्रृङखला तथा हिमाली ठण्डी क्षेत्रको चरिचरणमा रमाउने भएकोले राष्ट्रिय भेडा तथ बाख्रा अनुसन्धान कार्यक्रम, गुठीचौर, जुम्ला को वतावरण यसलाई अत्यन्तै सुहाउँदो छ ।

यो जातको केही मुख्य शारीरिक तथा अन्य बिशेषताहरु यसप्रकार रहेको छ ।
शरीरको उचाई ः ८० देखि १०० से. मि.
वयस्क तौल ः समग्रमा ४८ देखि ८४ के. जी. ( १०६ – १८५ पाउण्ड );
भालेको औसत तौल १४० देखि १८० पाउण्ड तथा
पोथीको तौल ११० देखि १५० पाउण्ड
जन्म तौल ः १० देखि १७ पाउण्ड
औसत आयु ः १५ देखि २० बर्ष
गर्भ अवधि ः ३४५ + १५ दिन ( ११ देखि १२ महिना )
वयस्क हुने ( ब्रिडिङ्ग लायक) उमेर ः भाले औसतमा २.५ बर्ष तथा पोथि १६ देखि २० महिना
प्रजनन प्रणाली ः अरु घर पालुवा जनावर भन्दा फरक ईस्ट्रस बिहैभियर नभई बर्षै भरि बाली लाग्न सक्ने तथा पोथीले प्रजननबाट उत्प्रेरित भएर अण्डाशय निकाल्ने ।
प्रजनन तथा ब्रिडिङ्ग ः पेन ब्रिडिङ्ग उपयुतm हुने ।
पाचन प्रणाली तथा अहारा ः ३ कोठे पेट भएको उग्राउने साकाहारी पशु; मुख्य रुपमा घाँस तथा पराल भरमा जीवन धान्न सक्ने, शरीरको तौलको १ देखि २ % मात्र आहरा चाहिने
स्वास्थ्य ः कडा शरीर तथा संरचना भएकोले रोग प्रतिरोधक भएको भनिएको; सामान्य स्वास्थ्य हेरचाह तथा रेगुलर केयरले धान्न सक्ने ।
ऊन काटने÷ उत्पादन क्षमता ः प्रत्येक १२ देखि १८ महिनामा उन काटने, प्रति हेड ५ देखि १० पाउण्ड उत्पादन हुने
लेखकः लुमा निधि पाण्डे, वरिष्ठ वैज्ञानिक