प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दै

काठमाडौ, ३१ जेठ —प्रदेश ३ को प्रदेशसभा बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो साढे दुई बजे बस्नेछ । हिजो बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले कर तथा गैरराजश्व संकलनसम्बन्धी विधेयक २०७५ को प्रस्ताव पेश गरेका थिए ।
छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ढुंगेलले प्रदेशस्तरमा कृषि उत्पादन क्षेत्र, पर्यटक भित्रिने सम्पदा, मनोरञ्जन कर र विज्ञापन करलाई समायानुकूल सुधार गरी राजश्व वृद्धि गर्न प्रदेश सरकारले आवश्यक रणनीति तयार गरी लागू गर्ने दृढता व्यक्त गरेका थिए ।