बरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

काठमाडौ, ३० जेठ— बरिष्ठ कलाकार भीमबहादुर थापाको आज निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित उनको ९२ बर्षमा आफ्नै निवासमै निधन भएको हो । थापाको आजै पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ । त्यसअघि अहिले उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिएको छ ।