इन्धनको मूल्य वृद्धिको विरोधमा नेबिसंघद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौ, २९ जेठ— इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन बुधबार गोंगबु चोकमा भेला भई नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।