बजेटमा चार ’स’ को कमी —गगन थापा

काठमाडौ, २० जेठ —नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको आर्थिक वर्ष २०७५र७६ को बजेटमा ४ वटा ’स’ को कमी रहेको बताएका छन् । उनले अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा स्पष्टता, समृद्धितर्फको मार्गदर्शन, साहस र सृजनशिलताको अभाव रहेको बताएका हुन् । सांसद थापाले बजेटमा कुनै स्पष्टता नभएको बताउँदै सरकार देशमा संघीयता लागु भइसकेको अवस्थामा त्यसलाई बजेटमार्फत थप सशक्त बनाउन चुकेको बताएका छन् ।