शोक मनाउन पाल्पाको तानसेन बन्द

काठमाडौ,२० जेठ— पाल्पामा भएको बस दुर्घटनाको शोकका कारण आज तानसेन बजार  आज  बन्द गरिएको छ । दुर्घटनामा परि जिल्ला सदरमुकामका १४ जनाको मृत्यु भएपछि शोकका कारण तानसेनका पसल तथा सहकारीह   पूर्ण रुपमा बन्द गरिएको हो ।
पाल्पा उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती प्रकाशित गरेर स्वतःस्फूर्त रुपमा उद्योगधन्दा, कलकारखाना र पसल तथा व्यवसाय बन्द गरि शोकसभा गर्न आग्रह गरेका कारण तानसेन बजार बन्द गरिएको हो । जिल्लाका धेरै निजी शिक्षण संस्थाहरु पनि बन्द गरिएका छन् । यातायात भने सुचारु रहेको छ ।

शुक्रबार बिहान रम्भा गाउँपालिका–४ हुमिनमा लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा चौध जनाको मृत्यु भएको थियो । उक्त बस दुर्घटना परि नौ जना घाईते भएका छन् ।