यादव र इश्वर उपप्रधानमन्त्री, बास्कोटा संचार मन्त्रीमा बढुवा

 

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन् । उनले दुई जनालाई उपप्रधानमन्त्री बनाउदै चौथो पटक मन्त्रीमण्डल विस्तार गरेका हुन् । आफ्नै अडानविपरित उनले काम गरेका हुन् । फोरम अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएकोछ । त्यस्तै, इश्वर पोखरेललाई पनि उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् ।

यता संचार एवं सुचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटालाई मन्त्रीमा बढुवा गरिएको छ । फोरम नेपालका मोहम्मद इस्तियाक राईलाई शहरी विकास मन्त्रीका रुपमा नियुक्ती गरिएको छ । जिम्मेवारी पाएका मन्त्रीहरुले शुक्रबार राष्ट्रपति समक्ष सपत ग्रहण गरिसकेका छन् । यादवले उपप्रधानमन्त्रीको अडान निकै लामो समय सम्म राखेका थिए । उनकै कारणले दुई घन्टा सपथ ग्रहण ढिला भएको थियो । यतिबेला मन्त्री परिषद् २४ सदस्यीय बनेकोछ ।