नेकपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित महत्वपूर्ण कागजात

काठमाडौं, १४ जेठ —नवगठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित महत्वपूर्ण कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टीले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । सोही प्रक्रिया पूरा गर्न आवश्यक महत्वपूर्ण कागजात सोमबार आयोगलाई उपलब्ध गराएको हो ।