निशानको ‘भुन्टी’ ट्रेन्डीङ्ग नम्बर एकमा (भिडियो सहित)

काठमाडौ —चर्चित रियालिटी सो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको गीत ’भुण्टी’ ट्रेन्डीङ्ग नम्बर एकमा पुगेको छ । शुक्रवार सार्वजनिक भएको उक्त गीतलाइ ७ लाख ९६ हजार बढीले हेरिसकेका छन् । सार्वजनिक भिडियोलाई  अहिलेसम्म  ३४हजार बढीले लाइक गरेका छन् भने १५ सयले डिसलाइक गरेका छन् । निशानको यो तेस्रो एल्बम हो । गीतको भिडियोमा निशान र चर्चित मोडेल एलीसा राईको अभिनय रहेको छ । गीतमा राजेन्द्र भट्टलेको शब्द रहेको छ भने टेकेन्द्र शाहको निर्देशन् र सम्पादन रहेको छ । भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।