असारदेखि कलंकीको अन्डरपासमा गाडी सरर..

जेठ ११,काठमाडौं – कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

चक्रपथ परिक्रमा अन्तर्गत कलंकी-कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदै छ ।

सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उदेश्यले डेढ बर्ष अघि पहिलोपटक अण्डरपास सडक योजना अघि सारेको हो ।

काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डर पास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् ।

‘कलंकीदेखि महाराजगञ्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ ।’ उनले भने, ‘बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ । असारदेखि अन्डरपासबाट सवारी साधन गुड्नेछ ।’