३३ किलो सुन तस्करीका मुख्य योजनाकार ‘गोरे’ पक्राउ

काठमाडौ, ८ जेठ —सुन तस्करी र शनम शाक्यको हत्याका मुख्य आरोपी गोरे भनिने चुँडामणी उप्रेतीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
विहान करिब साढे पाँच बजेको समयमा काठमाडौंको गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको छानविन समितीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।