७९ वर्षीया बृद्धा बलात्कृत

काठमाडौ,बैशाख १८—  दक्षिणी इलामस्थित रोङ गाउँपालिका–१ कटहरेकी ७९ वर्षीया एक बृद्धा बलात्कृत भएकी छिन। आफ्नै घरमा राती सुतिरहेका बेला उनी बलात्कृत भएकी छिन ।
पिडितका आफन्तका अनुसार, उनलाई आइतबार राति ११ बजेतिर एक व्यक्तिले मुख थुनेर बलात्कार गरेका थिए । घटनामा संलग्न व्यक्तिले बलात्कारपछि बृद्धाको जिब्रो चुँडाउने प्रयास गरेका थिए । बृद्धाको हाल झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको जिब्रोको शल्यक्रिया गरिएको छ । प्रहरीले हालसम्म यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।