एमाले र माओवादीबीचको एकता सहज विषय होइनः श्रेष्ठ

बैशाख १६, गोरखा – नेकपा माओवादी केन्द्रका नेता एवं माओवादीका तर्फबाट पार्टी एकता संयोजक समितिका सदस्य रहेका नारायणकाजी श्रेष्ठले दुई ठूला दलको एकीकरण सहज विषय नभएको बताएका छन् । शनिबार गृहजिल्ला गोरखामा पत्रकारसँगको भेटघाटमा उनले भने ‘पाटी एकता हुन्छ, कसैले रोक्न सक्दैन तर फरक–फरक बैचारिक लाईन र ठूला दुई शक्तिको एकीरण सहज विषय होइन, त्यसैले समय लागेको हो ।’

एकता संयोजन समितिले राजनीतिक र सांगठनिक प्रतिवेदन बुझाइसकेको भन्दै उनले अबको निष्कर्ष दुई पार्टीका अध्यक्षले निकाल्ने बताए । उनले भने ‘हामी बीच सम्मानजनक र समानताको नीतिमा एकता हुन्छ ।’

६० प्रतिशत जनताको मत लिने गरी एकिकृत पार्टी बनाउन लागेकाले छलफलमा समय लिएको भन्दै उनले पार्टी एकतामा अलमल नहुने तर्क गरे । पार्टी भित्र रहेका शीर्ष नेताहरूको ब्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि सहज नरहेको उनले बताए ।
नागरिकबाट