आज बौद्धिक सम्पत्ति दिवस मनाइदै

काठमाडौ, बैशाख १३— आज बौद्धिक सम्पत्ति दिवस, विश्वमा सकारात्मक परिवर्तन तथा भविष्यमा योगदान दिएका महिलाहरुको प्रतिभा, सरलता, जिज्ञासा र साहसलाई सम्मान गर्दै यस वर्षको बौद्धिक सम्पत्ति दिवस मनाईदै छ ।
हरेक वर्ष अप्रिल २६ तारिकका दिन विश्वमा नयाँ परिवर्तन तथा सिर्जनशिलतालाई प्रोत्साहित गर्न बौद्धिक सम्पत्ति अधिकारको भुमिकाको बारेमा सिक्ने गरिन्छ ।
बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत कपि राईट अधिकार, ट्रेडमार्क, उद्योगको डिजाईन अधिकारले नयाँ नयाँ अविष्कार तथा सिर्जनसिलतामा प्रोत्साहन पुग्ने संयुक्त राष्ट्र संघले उल्लेख गरेको छ ।