नेपालीको प्रतिव्यक्ति कूल उत्पादन एक लाख नाघ्यो

बैशाख १३,काठमाडौं – चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को ६ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांक अनुसार विप्रेषण सात खर्ब २९ अर्ब २४ करोड २० लाख अर्थात कूल गार्हस्थ्य उत्पादनको २४.२५ प्रतिशत हुनेछ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार चालू मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात ११ खर्ब पाँच अर्ब आठ करोड ८० लाख हुने उल्लेख गरेको छ । चालु मूल्यमा अन्तिम उपभोग खर्च २५ खर्ब ५५ अर्ब १६ करोड ३० लाख अर्थात कूल ग्रार्हस्थ्य उत्पादनको ८४.९७ प्रतिशत रहेको बताइएको छ ।

चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण १० खर्ब २५ अर्ब ६४ करोड ८० लाख अर्थात कूल ग्रार्हस्थ्य उत्पादनको ३४.११ प्रतिशत रहने विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक प्रतिवेदनमा उल्लेख छ । चालु मूल्य अनुसार कूल ग्रार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा २६ खर्ब ९३ करोड ९० लाख तथा कूल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ३० खर्ब सात अर्ब २४ करोड ६० लाख रहने उल्लेख छ । त्यसैगरी अर्को मुख्य सूचकांक चालु मूल्यमा कुल उत्पादन आधारभूत मूल्यमा ४२ खर्ब ६ अर्ब ९१ करोड ३० लाख र कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा १४ खर्ब ८६ अर्ब १९ करोड १० लाख रहनेछ ।
रासस