निजी बिद्यायलाई दवाब दिन विद्यार्थी संगठनको धर्ना

काठमाडौ, वैशाख १२— निजि विद्यालयहरुले लिने गरेको शुल्कवृद्धि रोक्न र लिइसकेको शुल्क फिर्ता लिने उद्देश्यले शिक्षा विभाग अगाडि बुुधवार अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौं लगायत विद्यार्थी संगठनले शिक्षा विभाग भक्तपुरमा करिब डेढ घण्टा धर्ना दिएका छन ।
निजि विद्यालयहरुले शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्दे्शिका २०७२ कार्यान्वयन नगरेको भन्दै ती संगठनहरुले विरोध जनाउँदै आएका छन् ।
शुल्क वृद्धि फिर्ता गराउन र फिर्ता नगर्ने विद्यालयलाई कारवाही गर्न दबाव दिन विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । बैशाख १४ गते शुल्क फिर्ता लिन देशभरका स्थानीय तहका प्रमुखहरुको कार्यालय घेराउ सहित धर्ना दिने ती विद्यार्थी संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियूका कार्यवहाक अध्यक्ष महेश बर्तौला, नेविसंघ अध्यक्ष नैनसिंह मगर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अखिल छठौंका अध्यक्ष विमल पोखरेल लगायतले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।