पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

 

काठमाडौं वैशाख ६,  – मुलुकभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई सरकारले आज भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । करीब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका स्वास्थ्य महाशाखाले  खटाइएको   छ ।

सरकारले वैशाख ५ र ६, कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ । सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको हो । आफुलाई पायक पर्ने ठाउँमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।