बालुवाटारमा अाेली–प्रचण्ड भेटवार्ता जारी

बैशाख ६, काठमाडौ — पार्टी एकताकाे गाँठाे फुकाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज पनि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारमा अहिले दुर्इ नेताबीच छलफल भइरहेकाे छ ।

एकता संयाेजन समितिले पार्टी एकताका बाँकी विवादमा सहमति खाेज्दै प्रतिवेदनलार्इ अन्तिम रूप दिन जिम्मेवारी दिएपछि दुर्इ नेताबीच छलफल चलेकाे हाे ।

९ वैशाखमै पार्टी एकता गर्ने तयारी गरे पनि दुर्इ पार्टीबीच वैचारिक र सांगठनिक विषयका केही महत्वपूर्ण सवालमा सहमति जुट्न सकेकाे छैन ।
सहमति नजुटेकै कारण नेताहरूले ९ वैशाखकाे एकता घाेषणा केही पर सारेका छन्