स्थानीय तह रोज्न कर्मचारीलाई १५ दिनको समय

काठमाडौं, वैशाख ४ —सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । कर्मचारी अभावमा स्थानीय तहले काम गर्न नसकिरहेका वेला सरकारले मापदण्ड जारी गरेको हो । सरकारले ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा कामकाजमा खटाउने जनाएको छ ।
यदि कर्मचारीले रोजेको स्थानीय तह रिक्त नभएमा निजको स्थायी बसोवास भएको ठेगाना वा नागरिकताको प्रमाणपत्रमा रहेको ठेगानाअनुसार कर्मचारी खटाउने मन्त्रालयले जनाएको छ । यस्तै, ज्येष्ठताका आधारमा रोजेको र स्थायी ठेगानाअनुसार कर्मचारी खटाउँदा पनि कुनै स्थानीय तह रिक्त भएमा बाँकी रहेका कर्मचारीलाई जिल्ला र प्रदेशका आधारमा खटाउने भएको छ।
मन्त्रालयले सरुवा मापदण्डअनुसारको स्थानीय तह रोज्न कर्मचारीलाई १५ दिनको समय दिएको छ । अब कर्मचरीले सोमबारको मितिदेखि १५ दिनभित्र कम्तीमा पाँच र बढीमा १५ वटा स्थानीय तह रोजेर निवेदन दिनुपर्ने छ । यो समाचार आजको नयाँ प्रत्रिकामा छापिएको छ ।