आज मातातीर्थ औंशी मनाउदै

काठमाडौ, बैशाख ३ —आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन आज मनाईदैछ । बैशाख कृष्ण औशीका दिन मनाईने यो पर्वमा आमाहरुलाई फलफुल मिठाई तथा उपहार दिने र आर्शिवाद लिने प्रचलन छ । दिवंगत आमाको नाममा भने श्राद्ध, तर्पण तथा दान गरे अक्षय पुण्य मिल्ने धार्मिक विश्वास छ । आजको दिन काठमाडौंको मातातीर्थमा श्रद्धालुको घुइँचो लागेको छ ।