जथाभावी सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न निषेध


वैशाख २, काठमाडौं —विभिन्न माग राख्दै प्राय जसो सधै भरी विरोध प्रदर्शन हुने स्थान मध्ये पर्दछ माइतीघर मण्डला । तर, यो स्थानमा अव देखि विरोध प्रर्दशन गर्न सरकारले प्रतिवन्घ लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने भइने व्यवस्था गर्दै अन्य स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न निषेधित गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गरी गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना अनुसार तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकले सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको जानकारी दिएका छन् ।
सुचना अनुुसार २०७५ बैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र आफ्ना कार्यक्रमहरु सञ्चालन सकिनेछ ।