आर्थिक गणना शुरु

वैशाख २, काठमाडौ–मुलुकभित्र रहेका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुको तथ्यांक संकलनका लागि सरकारले आजदेखि आर्थिक गणना शुरु गर्दैछ । केन्द्रीय तथ्यांक विभागले देशैभर आर्थिक गणना गर्न लागेको हो । आर्थिक गणनाका लागि ३ हजार ५ सय गणक खटाइएको छ ।
आर्थिक गणनामा उद्योग प्रतिस्ठानहरुको संख्या, तिनमा भएको लगानी, रोजगारीको अवस्था लगायतका विषयमा लगत संकलन गरिने बताइएको छ । यो गणनामा प्राथमिक कृषि उत्पादन, माछापालन लगायत कृषि क्षेत्रलाई भने नसमेटिने भएको ।