कार्यालयमा मदिरा गरेर वडा अध्यक्ष पक्राउ

चैत, १५ झापा—कार्यालयमा मदिरा सेवन गरेर जाने गरेका मेचीनगर नगरपालिका—२ का वडाअध्यक्ष लिक न्यौपाने पक्राउ परेका छन् ।
बुधबार दिउसा स्थानीय सेवाग्राहीले उनलाई पटक पटक मादक पदार्थ खाएर कार्यालय गएका अध्यक्षलाई प्रहरीको जिम्मा लगाएका छन् । इलाका प्रहरी कार्यालय, काकडभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेका थिए ।
स्थानीयको खबर पाएलगत्तै उनलाई नियन्त्रणमा लिएको हो । उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काकरभिट्टा लगेको जानकारी आएकोछ । धुलावारीमा मेची आम्दा हस्पिटलमा वडा अध्यक्ष न्यौपानेको मापसे जांच गर्दा मदिरा सेवन गरेको पुष्टि भएको थियो ।