प्रधान न्यायाधीश पदमा तीन जनाको नाम प्रस्ताव

 

चैत १३, काठमाडौं—प्रधानन्याधीश नियुक्तीका लागि संवैधानिक परिषद्समक्ष सर्वोच्च अदालतका वरिष्ठ तीन न्यायाधीश दीपकराज जोशी, ओम प्रकाश मिश्र र चोलेन्द्र समशेर राणाको नाम प्रस्तावमा आएकोछ । मंगलबार न्याय परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्चमा तीन वर्ष कामको अनभुव बटुलेका तीन वरिष्ठ न्यायाधीशको नाम अभिलेख सहि प्रस्ताव पेश गरिएको हो ।
कानुनी व्यवस्था अनुसार सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीस मात्र प्रधान न्यायाधीस हुन योग्य मानिन्छ । सिफारीसमा परेका न्यायाधीश संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुनेछ ।