राष्ट्रियसभा उपाध्यक्षका लागि आज चुनाव हुने, दाहाल र रानाको प्रतिस्पर्धा

काठमाडौ, चैत ४— राष्ट्रियसभाको उपाध्यक्षका लागि आज चुनाव हुने भएको छ । वाम गठबन्धन र कांग्रेस दुवैले उम्मेदवारी दिएपछि आज चुनाव हुन लागेको हो ।
संघीय संसद् सचिवालयका अनुसार उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्र का शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले राना को उम्मेदवारी परेको छ ।