हरियो स्टीकर नहुने गाडी बैशाख १ गते देखि रोकिने छन् : मन्त्री पण्डित

फागुन २०, भक्तपुर – जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् । ‘महानगर र उपमहानगरमा आउँदो बैशाख १ गते देखि हरियो स्टीकर नहुने सवारी साधनलाई प्रतिबन्द लगाउँछु’ मन्त्री पण्डितले शनिबार हनुमन्ते सफाई अभियानमा भने , ‘४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ । अब त्यस्तालाई कारवाही हुन्छ ।’ मन्त्री पण्डिलले कालो धुवाँ फाल्ने सवारी साधनलाई हरियो स्टिकर दिने कर्मचारीलाई समेत कारवाही गर्ने बताए ।

नेपाल समाचारपत्रबाट