काठमाडौ १९ फागुन— प्रहरीको गोप्य रहने कार्यसम्पादन मुल्यांकनमा किर्ते गरेको अभियोगमा मोस्ट वान्टेडको सुचिमा रहेका पूर्व डीआइजी नवराज सिलवाल एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन शनिबार संसद भवन नया बानेश्वर पुगेका छन ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड लगायतकाले सांसदहरुलाइ प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालाई पक्राउ गरेर उपस्थित गराईदिन ललिपुर प्रहरीलाई पत्राचार गरेपछि उनको खोजी शुरु भएको थियो ।
त्यसपछि माघ ३ गते प्रहरीको अपराध अनुसन्धान विभागले देशभरका प्रहरी यूनिटलाई ‘सिलवाललाई पक्राउ’ गर्न पत्राचार गरेका थिए ।
यस अघि माघ ७ गते नेपाल प्रहरीको ठुलो टिम उनको खोजीमा ललितपुरको भट्टेडाँडा पुगेको थियो ।