उत्तरकोरियालाई सिरियाको रासायनिक हतियार निर्माणमा सहयोग गरेको आरोप

एजेन्सी—सिरियाको हतियार निर्माण कम्पनीलाई उत्तरकोरियाले रासायनिक हतियार निर्माणमा प्रयोग हुने उपकरा सहयोग गरेको आरोप लागेकोछ । सिरियाको गुटालाई विद्रोहीको नियन्त्रणबाट मुक्त गर्ने नाममा क्लोरियन ग्यासबाट समेत आक्रमण भएको बताइएकोछ ।
त्यसैले पनि उत्तरकोरियामाथि यस्तो आरोप लागेको हुनसक्छ । उत्तर कोरियाले सिरियालाई रासायनिक हतियार निर्माणमा प्रयोग हुने उपकरण तथा कच्चा पदार्थ उपलब्ध गराएको संयुक्त राष्ट्र संघका विज्ञहरुले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेका छन् । जसलाई उद्धित गर्दै अमेरिकी संचार माध्यमले यसको दावी गर्दै आएका छन् ।