प्रदेश सभाको नामकरणमा ठुलो बहस चल्दै

इमेलखबर
फागुन, १६ काठमाडौं—कुन प्रदेशको नाम के राख्ने र राजधानी कहा बनाउने विषयमा विभिन्न प्रदेश सभामा चर्चा को विषय बनेकोछ । खास गरि कर्णाली प्रदेश नाम र राजधानी सर्वसम्मत रुपमा पारित गरेपछि अरु प्रदेशमा छलफलको विषय झनै चर्चा हुन थालेको हो । कर्णाली प्रदेश तोकिएपछि अन्य प्रदेशमा एक प्रकारको दवाव सिर्जना भएकोछ । संविधानमा उल्लेख भए अनुरुप प्रदेश सभाको दुई तिहाई बहुमतले पारित गरे पछि उल्लेखीत राजधानी र प्रदेश सभाको नाम तोकिने व्यवस्था छ ।
यतिबेला राजधानीमा जस्तो चर्को आन्दोलन र बहस प्रदेश सभाको नामका लागि भने त्यत्ति भएको देखिदैन । विभिन्न जातीय संस्थाहरुले चाहि जातीय पहिचान झल्कीने नाम राख्न दबाब दिइरहेका छन् । प्रदेश ४ का संयोजक एवं एमाले स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार जातीय संस्थाहरुका डेलिगेसन आइरहेको बताएका छन् ।
माओवादी र एमाले नै ६ वटा प्रदेशमा पण्डितायि गर्ने तयारीमाछन् । पहिचान भेटिने र द्धन्द्ध मेटिने गरि प्रदेशको नाम राख्न चुनौति बामगठबन्धनको सरकारमा देखिएकोछ । ‘जातइ वा समुदायकै नाममा प्रदेशको नामरण हुनुपर्छ भन्ने होइन,’ गुरुङ भन्छन्, ‘त्यस ठाउको संस्कृति, सभ्यता र ऐतिहासीक पहिचान आधार बनाएर बहुपहिचानयुक्त नाम राख्न सकिन्छ ।’