मन्त्रिपरिषद विस्तार—वादलले पाए गृह

फागुन १४,काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा चार मन्त्री थपिएका छन । माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ ।
बादलले पाए गृह
माओवादी नेता रामबहादुर थापा बादलले गृहमन्त्रीको जिम्मेवारी पाएका छन । उनी पूर्वरक्षामन्त्री हुुन ।
माओवादीबाट मात्रिका यादव मन्त्री बनेका छन् ।
यस्तै विकासका मास्टर माइन्ड युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । उनि पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष हुुन ।
एमालेबाट महासचिव ईश्वर पोखरेल पनि बन्त्री बनेका छन् । पोखरेल रक्षामन्त्री वनेका छन ।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।