प्रचण्ड भए, माओवादी केन्द्र संसदीय दलका नेता

फागुन ६ काठमाडौं—पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्र संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार बसिएको बैठकबाट पार्टीका अध्यक्ष प्रचण्डलाई दलको नेता छनोट गरिएको हो ।
सिंहदबारमा बैठक बसेको हो । जहा प्रचण्डले समानुपातीक सांसदलाई प्रमाणपत्र पनि प्रदान गरेका थिए । एमाले संगको एकताबारे भने प्रचण्डले समान्य जानकारी दिए । उनले एमाले संग एकताको प्रयास भइरहेको भएपनि विस्तृत विचार भने राखेनन् । प्रचण्डले आइतबार पनि प्रधानमन्त्री ओली संग एकताकै विषयमा छलफल हुन लागेको बताए ।