प्रधानमन्त्री ओली भन्छन्, ‘न्यायलयको सडकबाटै विरोध हुनु सामान्य कुरा होइन’

फागुन, ६ काठमाडौं—न्यायलयको बारे सडकबाटै विरोध हुन थाल्नु सामान्य कुरा नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मर्यादित न्यायपालीका हुनु पर्ने हो । पट्टी बाधेर न्याय दिने न्यायपालीका पावर थपेर अन्याय गरेको आलोचना प्रधानमन्त्रीले गरे ।
उनले राजधानीमा शनिबार नेकपा एमाले को कानुन विभागले गरेको कार्यक्रममा यस्तो विचार राखेका हुन् । ‘न्याय दिने मान्छे आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आखामा पट्टी बाधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो’, प्रधानमन्त्रीले भने, ‘तर, आखामा पट्टी हैन, पाव थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।’
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बृद्धिजीविलाई समेत आलोचना गरे । साथै उनले देश अब समृद्धितर्फ लम्कीरहेको समेत जानकारी गराए ।