आभा ग्रुपको आयोजनामा काठमाडौमा २ दिने ‘स्टार्ट अप’ मेला सञ्चालन हुँदै

काठमाडौं –  विश्वमा बढ्दो प्रतिस्पर्धासंगै हरेक क्षेत्रमा दैनिकी कठिन रुपमा चलिरहेको छ त्यसमा पनि युवाहरुको दैनिकी अझ बढी कठिन बन्दै गएको छ । युवाहरुमा व्यवसाय गर्ने र स्वरोजगार बन्ने तिव्र चाहना हुँदा हुँदै पनि विविध ज्ञानको कमीले गर्दा उनीहरुले व्यवसायिक सफलता हात पार्न सकिरहेका छैनन जसका कारण युवापीढीमा दिन दिनै निराशा बढिरहेको छ । यसै परिप्रेच्छमा युवाहरुलाई स्वरोजगार बनाउनुपर्छ, उद्यमी बनाउनुपर्छ यो प्रतिस्पर्धात्मक युगमा युवाहरु जुटेर अघि बढ्नु पर्छ भन्दै आभा ग्रुपको आयोजनामा विभिन्न देशका युवाहरु संलग्न २ दिने ‘स्टार्ट अप’ मेला काठमाडौंको होटल प्लाटिनियमा सोल्टीमोडमा सञ्चालन हुन लागिरहेको छ ।

स्टार्ट अप भन्ने शव्दले नै शुरुवात भन्ने बुझिन्छ युवाहरुलाई कुनै पनि काम सुरु गर्नु अघि त्यस सम्वन्धमा यथेष्ट ज्ञान दिलाउने हेतुले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । स्टार्ट अप मेला यहि आउँदो फेब्रुअरी १६ र १७ तारिखका दिन सञ्चालन गर्न लागिएको आभा ग्रुपका कन्ट्री प्रोग्राम म्यानेजर थानेश्वर गौतमले बताउनु भएको छ । ‘टुगेदर वी क्यान’ भन्ने मुल नाराका साथ स्थापना भएको आभा ग्रुपले समय समयमा यस्ता कार्यक्रमहरु गर्ने गरिएको अध्यक्ष कैलाश न्यौपानेले बताउनु भएको छ । विशेष गरि नयाँ व्यवसायको खोजिमा रहेका युवाहरुलाई व्यवसाय कसरी छनोट गर्ने,व्यवसाय सम्वन्धि ज्ञान र सीपका बारेमा कसरी जानकारी लिने र लगानी कसरी जुटाउने भन्ने सम्वन्धमा यो मेलामा विशेष जानकारी दिइने भएकाले मेला सबै सहभागीका लागि प्रत्युत्पादक हुने आयोजकले बताएका छन् ।

मेलामा देश विदेशका थुप्रै सहभागीहरुको उपस्थिती रहनुका साथै विदेशबाट दर्जनौ सफल उद्यमीहरु आएर युवालाई ज्ञान र सीप सिकाउने कार्यक्रम रहेको छ । मेलामा सहभागी हुनका लागि फेबु्रअरी १० तारिख सम्ममा अनलाईन फर्म भरेर पठाउन सकिने आयोजकले बताएका छन् । सहभागीका लागि डिनर सहित १५०० दस्तुर तोकिएको छ भने लगानीकर्ताका लागि स्पेशल डिनर सहित ५००० दस्तुर तोकिएको छ । मेलामा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रतिनिधित्व रहनुका साथैे विभिन्न राष्ट्रिय एवम अन्तराष्ट्रिय मिडियाहरुले प्रचार प्रसारमा साथ दिने आयोजकले बताएका छन् ।