राष्ट्रियसभा निर्वाचन तयारी : १ हजार ६७७ मतदाताका लागि १२ हजार मतपत्र

माघ २१, काठमाडौं – निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ हजार मतपत्र छापेको छ । निर्वाचन हुने ६ वटा प्रदेशमा १ हजार ६ सय ७७ मतदाता रहेकोमा आयोगले १२ हजार मतपत्र छापेको हो । आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्येक समूहमा फरक फरक मतपत्र आवश्यक पर्ने भएकाले सो संख्यामा मतपत्र छापिएको बताए । ‘प्रत्येक समूहमा फरक फरक मतपत्र चाहिन्छ, आयोगले क्लस्टर अनुसार मतपत्र छापेको हो । त्यसो गर्दा अन्य निर्वाचनमा भन्दा बढी मतपत्र आवश्यक पर्छ,’ प्रवक्ता ढकालले भने । उनले प्रत्येक मतदाताले छुट्टाछुट्टै समूहका लागि चार वटा मतपत्रमा मत हाल्नु पर्ने भएकाले समेत मतपत्र बढी आवश्यक पर्ने जानकारी दिए ।

आयोगका आयुक्त नरेन्द्र दाहालले एक मतदाताले अरू निर्वाचनमा भन्दा बढी मतपत्र प्रयोग गर्नु पर्ने भएकाले र मतपत्र छाप्दा जगेडा सहित छाप्नु पर्ने भएकाले मतदाता संख्या भन्दा मतपत्र बढी छापिएको जानकारी दिए । आयोगले निर्वाचनका लागि हरियो र रातो दुई रङका गरी चार प्रकारका मतपत्र छापेको छ । राष्ट्रिय सभाको निर्वाचनमा कूल २ हजार ५६ जना मतदाता रहेकोमा प्रदेश २ मा सबै उम्मेदवार निर्विरोध भएपछि अब निर्वाचन प्रक्रियामा सहभागी हुने मतदाता १ हजार ६ सय ७७ जना हुनेछन् ।

यसै वीच निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतपत्र २१ माघ भित्र ६ वटै प्रदेशमा पु¥याउने तयारी गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा गरेको आयोगले २१ माघ भित्रै ६ वटै प्रदेशमा मतपत्र पु¥याइने बताएको हो । आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको छपाइ लगायतका व्यवस्थापकीय कार्य सकिएको भन्दै २१ माघ भित्रै ६ वटै प्रदेशमा मतपत्र पु¥याइने बताए । ‘आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी सकेको छ, अब २१ गते भित्र ६ वटै प्रदेशमा मतपत्र पु¥याउने आयोगको तयारी छ,’ प्रवक्ता ढकालले भने । राजधानीबाट