आइतबार प्रदेश २ को पहिलो बैठक बस्ने, सभामुखको टुंगो लाग्ने

इमेलखबर
माघ, २० जनकपुर—प्रदेश सभाको पहिलो बैठकको तयारी प्रदेश २ मा पुराभईसकेकोछ । जसमा प्रदेश सभाको पहिलो बैठक भोली आइतबार बस्ने भएकोछ । त्यसको तयारी पुर्ण रुपमा भईसकेकोछ । पहिलो बैठकको सर्वदलीय बैठकले एजेण्डाहरु के के राख्ने बारे तय पनि गरेकोछ ।
त्यस्तै, फागुन २ गते नै सभामुख चयन गर्ने सहमति पनि जुटाएकोछ । प्रदेश सभाको बैठकलाई अत्यन्त उत्साह पुर्वक सजाईएकोछ । शैक्षिक तामिल केन्द्रलाइै नै भवन बनाईएकोछ । जहा रंगरोहन गर्नुका साथै मिथिला कलाको चित्र पनि झन्डाईकोछ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख तय गरि सक्नु पर्ने छ । यसको लागि प्रेदश २ तम्तयार भएको देखिन्छ ।

स्रोतः अनलाइनखबर