सुपरहिट चलचित्र ‘जात्रा’ अब युट्युबमा (चलचित्र सहित)

इमेल खवर – गत वर्ष ५१ औँ दिन मनाउदै सुपरहिट बनेको सुपरहिट चलचित्र जात्रा युट्युबमा सार्वजनिक भएको छ । प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्र शुक्रवार राती युट्युव मार्फत सार्वजनिक भएको हो । सिंगे लामा र यादव पौडेलले निर्माण गरेको चलचित्रमा रविन्द्र सिंह बानिया कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रदिप भट्टराईको नै कथा रहेको चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झा, प्रेक्षा बज्रचार्य लगायतका कलाकारको अभिनय रहेको छ। युट्युवमा पनि चलचित्रले दर्शकको राम्रो साथ पाएको छ। रिलिजको १४ घण्टामा चलचित्रले २ लाख १६ हजार बढी भ्युअर्स पाएको छ भने चलचित्र हाल नेपालको युट्युव ट्रेन्डीन्ङमा २ नम्बरमा रहेको छ।