डान्स बारमा कार्टुञ्ज क्रुजका सरोजसग धमला पत्नी एलिजा

काठमाडौ — सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको एक गीतको छायाङ्कन गरिएको छ ।
ताराप्रकाश लिम्बुको सङ्गीत रहेका गीतको छायाङ्कन आइतबार राजधानिको वल्र्ड ट्रेड सेन्टरको डान्स बारमा गरिएको थियो । छायाङ्कन भइरहेको गीतमा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारीले जोडी बाँधेका थिए ।


सत्यराज चौलागाईँको निर्देशन रहेको चलचित्र अनुरागुमा एलिजाको अपोजिट समुन्द्र पण्डित छन । साङ्गीतिक प्रेम कथामा तयार भएको चलचित्रलाई एरिका फिल्म्सको ब्यानरले निर्माण गरेको हो । चलचित्रमा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको सङ्गीत रहेको चलचित्रमा रामकुमार के।सीको छायाङ्कन छ । भिडियाको कोरियोग्राफी विक्रम स्वारले गरेका छन ।