शान्ति इन्टरटेनमेन्टको आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो बितरण कार्यक्रम सम्पन्न

काठमाडौं – शान्ति इन्टरटेनमेन्टको आयोजनामा यो बर्ष पनि निशुल्क स्वास्थ्य शिविर तथा न्यानो बितरण कार्यक्रम आयोजना गरेको छ । शित प्रभाबित क्षेत्रमा गइ निशुल्क स्वास्थ्य कार्यक्रम तथा न्यानो बितरण गरिएको हो । अमेरिकाको काेलाेराडाेमा मुख्य कार्यलय भएको शान्ति इन्टरटेनमेन्टले गत बर्ष पनि जाडो समयमा रौतहटमा स्वास्थ्य सिबिर तथा सर्लाहिमा न्यानो बितरण गरेको थियो ।
यो बर्ष पनि शान्ति इन्टरटेनमेन्टले नवलपरासीमा स्वास्थ्य  शिविर आयोजना गर्यो भने गोर्खा जिल्लामा ३०० वटा व्ल्याङ्केट बितरण गरेको छ । शान्ति इन्टरटेनमेन्टले समय समयमा निशुल्क संगीत प्रशिक्षण दिदै आएको छ भने संगीतका क्षेत्रमा बिभिन्न योगदान प्रदान गर्दै आएको छ ।

शान्ति इन्टरटेनमेन्टका सस्थापक अध्यक्ष अमेरीका निबासि हरि उप्रेतीे आफ्नो सानो सहयोगले कसैलाइ ठूलो राहत हुन्छ भने किन नगर्ने भनेर स्वास्थ्य सिबिर र न्यानो बितरण गरिएको बताउछन् । हरि उप्रेति भुटानमा जन्मिएका नेपाल भाषि नागरिक हुन् । आफ्नो सम्पूर्ण बाल्यकालदेखि नेपालमै बसेका उप्रेती करिव ५ बर्ष अघि अमेरीका पुगेका थिए । अमेरीकाको कोलोराडो मा उत्कृष्ट ५ व्यक्तित्वमा पर्न सफल उप्रेती एक कुशल गीतकार हुन् । साथै प्रर्दशनको तयारीमा रहेको चलचित्र मुर्चुङ्गाका निर्माता पनि हुन् । संगीतलाइ अगाडि बढाउदै सामाजिक कार्यगर्नु पर्छ भन्ने उदेश्यले अमेरीकामै शान्ति इन्टरटेन्मेन्टको स्थापना गरि गीत संगीतको क्षेत्रमा योगदान दिइ सामाजिक कार्यतर्फ आफ्नो सक्रियता बढाइरहेको छ ।

यस सस्थाका नेपाल संयाेजक संगीतकार बिकाश चौधरी संगीतमा लागेर पनि समाजसेवा गर्न पाउँदा खुसि लागेको बताउछन् र आगामि दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर गरिरहने संगीतकार चौधरीले जानकारि दिएका छन् ।