प्रदेश प्रमुख कार्यालयमा सहसचिवः कुन प्रदेशमा को खटिए ?

 

माघ ७,काठमाडौं – प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख कार्यालयमा सचिव पठाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका कर्मचारी नेपाल सरकारका सहसचिव सरहका कर्मचारी रहेका छन् । समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्वर प्रदेशमा रामकृष्ण गुरागाईं, दुर्इ नम्वर प्रदेशमा लाबन्य कुमार खनाल, तीन नम्वर प्रदेशमा चतर्भुज ज्ञवाली, चार नम्वर प्रदेशमा देवीप्रसाद ज्ञवाली, पाँच नम्वर प्रदेशमा सनदकुमार दवाडी, ६ नम्वर प्रदेशमा भरतबहादुर ढुगाँना, र ७ नम्वर प्रदेशमा युवराज सुवेदी रहेका छन् । समान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले आइतवार विहान सम्म सबै प्रदेशमा मन्त्रालयबाट खटाइका कर्मचारी पुग्ने बताए ।

समान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट ती कर्मचारीबाट खटाइएको पनि उनले जनाए । ‘प्रदेश प्रमुख कार्यालयमा सचिवमा खटाइएका कर्मचारी आज (आइतवार) विहान सम्म सबै प्रदेशमा पुगिसक्नु हुनेछ,’उनले भने ।
नागरिकबाट