माओवादी आन्दोलन भुलेका छैनौं ,सम्मानजनक एकता हुन्छः महरा

 

माघ ३,रोल्पा – नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले एमालेसँग सम्मानजनक एकता हुने बताएका छन् । ‘बाम एकता गर्दै गर्दा माओवादी आन्दोलन भुलेका छैनौं । अब हुने एकता सम्मान जनक एकता हुन्छ । संबैधानिक कारणले सरकार गठन ढिलो भएको हो’, रोल्पाको माडिचौरमा महराले भने– ‘अब समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढ्ने बेला आएको छ। राजनीतिक अधिकार प्राप्त भएको छ । त्यसलाई संस्थागत गर्दै जाने हो ।’
माओबादीका अर्का नेता बर्षमान पुनले छिट्टै वाम सरकार बन्ने बताए। ‘निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको बाटो खुलेको छ । अब छिट्टै बाम गठबन्धन एकताका साथ नयाँ सरकार बन्ने छ । ५ बर्षको स्थायी सरकारको जनादेश अनुसार सरकार बन्छ र देशले गति लिनेछ।’ उनले भने ।
नागरिकबाट